www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै

काठमडौँ ।

नेपाली कांग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारी सम्बन्धमा सभापतिको उपस्थितिमा पदाधिकारीबीच आज छलफल हुन लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

Batas

कार्यसम्पादन बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूचि तय भएको जानकारी पनि उनले दिए ।
कांग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक प्रवक्ता पदाधिकारी छन् ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.