www.tandavnews.com
Fact ~ In search of truth

मृगौला पीडित श्याम रानालाई मित्र मिलनको सहयोग

पोखरा ।

दुवै मृगौला फेल भई उपचार गराइरहेका श्याम रानालाई मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि. ले सहयोग गरेको छ । स्याङ्जा स्थायी घर भई हाल पोखरा ९ नयाँबजारमा खाजाघर व्यवसाय गर्दै आएका राना संस्थाका सदस्य पनि हुन् ।

हाल गण्डकी मेडिकल कलेजमा डायलासिस गराइरहेका रानालाई संस्थाका सञ्चालक तथा लेखा समितिबाट २० हजार, प्रधान कार्यालय नयाँबजारमा कार्यरत कर्मचारीहरुबाट १६ हजार ८ सय ५० र सदस्य सेवा केन्द्र कसेरीमा कार्यरत कर्मचारीहरुबाट ६ हजार ५ सय रुपैँया संकलन गरिएको हो ।

Batas

संकलित कुल ४३ हजार ३ सय ५० रुपैयाँ संस्थाका अध्यक्ष रमण पौडेलले हस्तान्तरण गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.