www.tandavnews.com
Fact ~ In search of truth

महानगरलाई मुख्यमन्त्री पोखरेलको सुझावः ‘प्रदेश सरकारकै गाईडलाइन बन्न सक्नुस्’

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाको पाँच बर्षे कार्यकाल सकिनै लाग्दा दस्तावेज बनाउनुपर्ने सुझाव दिएका छन् । पोखरा महानगरपालिकाको दशौं नगरसभालाई सम्बोधन गर्दै आज मुख्यमन्त्री पोखरेलले यस्तो प्रदेश सरकारकै गाईडलाई बन्नुपर्ने भन्दै सुझाव दिएका हुन् ।

पोखरा महानगरपालिकाले कार्यकालको अन्तिममा समिक्षा गरी दस्तावेज बनाएको खण्डमा स्थानीय सरकारको मात्रै नभई प्रदेश सरकारकै गाईडलाईन बन्न सक्ने धारणा राखे । ‘महत्वपूर्ण समिक्षा गरेर दस्तावेजको एउटा रुप भो भने भोली आउने सरकार, स्थानीय सरकार र प्रदेश सरकारकै लागि एउटा गाईडलाईन हुन्छ भन्ने लाग्छ, उनले भने, ‘त्यसैले यसतर्फ तपाईहरुको ध्यान आकर्षण गर्न चाहान्छु ।’

Batas

उनले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्नको लागि पहल गर्ने बताउदै भने, ‘पोखरालाई सुन्दर र आकर्षक बनाउने कुरा, पर्यटकलाई एकदुई दिन बसौ बसौ बनाउन लाग्ने कुरा जस्तै सडकहरु सफा, फुटफाटहरुमा फुलहरु, रात्रीकालिन बत्तिहरु, चोकचोकमा सिसिटिभीहरुको व्यवस्था हुनुपर्छ । यहाँ प्रवेश गर्दा धुक्क हुने किसिमको माहौल बनाउनुपर्ने हाम्रो दायित्व हो । यसप्रति सबैको ध्यान जान आवश्यक छ ।’

मुख्यमन्त्री पोखरेलले पोखरालाई आर्थिक केन्द्र बनाएको खण्डमा विकासले गति लिने धारणा राखे । ‘हाम्रो पोखरा, हाम्रो राजधानी आर्थिक कारोबारको केन्द्र बन्न सक्दैन, तबसम्म हामी अगाडी बढ्न सक्दैनौ । यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ ।’

उनले सोचमा समेत परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै महानगरपालिका आसपासका पालिकाहरुसँग पनि सुमधुर सम्बन्ध विस्तार गुर्ने पर्ने बताए । ‘भोलिका दिनमा आफ्ना नजिक नजिकका पालिकाहरुसँग पनि समन्यव गर्नुपर्ने र विकासमा नेतृत्वदायी भुमिका महानगरपालिकामाथी छ । त्यस तर्फ पनि ध्यान दिलाउन चाहान्छु ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.