www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय निर्वाचन: कास्कीमा ५७ हजार १ सय २९ मतदाता बढे

पोखरा
ताण्डव न्युज ।

कास्कीमा ५७ हजार १ सय २९ मतदाता बढेका छन् । २०७४ सालको स्थानीय निर्वाचनाको बेला भन्दा अहिले मतदाता संख्या बढेको निर्वाचन कार्यालयले जनाएको छ । २०७९ मा बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि कास्कीमा मतदाताको संख्या २ लाख ८१ हजार ९ सय ४० पुगेको छन् ।

कास्कीमा एउटा महानगरपालिका र ४ वटा गाउँपालिका छन् । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे र पोखरा महानगरपालिका गरी जम्मा ७२ वडा छन् । यी सबै तहमा १/१ जना प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यहरु हुनेछन् ।

Batas

पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय ५ छ । रुपा गाउँपालिकामा १४ हजार ६ सय ४४ मतदाता छन् । रुपामा ७ वटा वडा छन् ।

त्यस्तै १२ वडा रहेको मादीमा १८ हजार ७ सय ५१ मतदाता छन् । अन्नपूर्ण गाउँपालिकामा २० हजार ३ सय ६४ र माछापुच्छ्रे गाउँपालिकामा २० हजार ४ सय ६८ मतदाता छन् ।

मतदाताको हालको तथ्यांक बाहिरी जिल्लामा दर्ता भएर थप हुन आउने, दाबी विरोधको समयमा मृत्यु भएको तथा दोहोरो तथ्यांक हटाउन लगायत काम गर्नुअघिको रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरमा एमाले तर्फबाट मानबहादुर जिसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयर बने । पोखराका ३३ वडा मध्ये ११ मा काँग्रेस उम्मेदवार वडाअध्यक्ष निर्वाचित भए भने २२ वडामा एमाले उम्मेदवार विजयी भएका थिए । नेपाली नागरिक १८ वर्ष पूरा भएकोले मात्र मतदान गर्न पाउने कानुनी प्रावधान छ । १६ वर्ष पुगेपछि नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र पाउनेछन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.