www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा सवारी चालक अनुमतिपत्र लिन नयाँ निर्देशिका लागु

पोखरा
ताण्डव न्युज

गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु गरिएको छ । १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका २०७७ (संसोधनसहित) अनुरुप उत्तीर्ण हुनुपर्ने छ ।

निर्देशिका अनुसार परीक्षार्थीहरुले उत्तीर्ण हुन लिखितमा ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्युनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने छ । यातायात व्यवस्था कार्यालय गण्डकी सवारी चालक अनुमति पत्रले सोमबार सूचना जारी सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ निर्देशिका अनुरुपको मापदण्ड लागु गरिएको उल्लेख गरेको छ ।

Batas

गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुरुप नयाँ मापदण्ड लागु गरिएको हो । कार्यलयका सूचना अधिकारी नारायण प्रसाद बाँस्तोलाका अनुसार यस मापदण्ड अनुरुपको पहिलो लिखित परीक्षा ६ फागुनमा र पहिलो प्रयोगात्मक परीक्षा ८ फागुनमा हुने छ ।

प्रयोगात्मक परीक्षा साविककै स्थानमा हुने जनाइएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.