www.tandavnews.com
Fact ~ In search of truth

गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने: नेता कोइराला

चितवन।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए। अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।

आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए। पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताए।

Batas

उनले भने “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.