www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ मा एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

पाेखरा ।

नेकपा एमाले पोखरा-२१ ले वडामा पार्टीको निर्वाचन परिचालन कमिटि कार्यालय स्थापना गरेको छ ।

एमाले गण्डकी प्रदेश कमिटिका सदस्य चन्द्र बहादुर रोकाहाको प्रमुख आतिथ्यतामा बिहीबार भएको उक्त कार्यक्रममा प्रदेश कमिटिका सदस्य केशव आचार्य, जिल्ला कमिटी सदस्य अर्जुन गिरी लगायतले पोखरा २१ मा एमाले सबल, सक्षम र शक्तिशाली रहेको बताउँदै उक्त शानलाई जोगाउन जनमुखी काम गर्नु पर्ने बताए ।

Batas

सबै वडाबासीलाई सुर्य चिन्हमा छाप लगाएर एमालेका उमेदवारलाई जिताउन आग्रह गरे । वडा अध्यक्षका उम्मेदवार दिपक सुवेदीले चुनाव जितेपछि सबैको साथ र सहयोगमा आगामी ५ वर्षमा २१ लाई नमुना वडा बनाउने बताए ।

वडा कमिटिका उपाध्यक्ष खगराज न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रम वडा कमिटि अध्यक्ष तथा चुनाव प्रचार प्रसार समितिका संयोजक राजेन्द्र थापाको अध्यक्षतामा भएको थियोे भने कार्यक्रम सचिव रोशन भट्टराईले संचालन गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.