www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १३ः कांग्रेसका बागी उम्मेदवार बराल भन्छन् ‘पार्टीले जे गरे गरोस्, मतलब छैन’

पोखरा ।

पोखरा महानगरपालिका वडा नं-१३मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु प्रसाद बरालले पार्टीले आफूलाई अवहेलना गरेको भन्दै उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख)का उपसभापति समेत रहेका बरालले पार्टीले योगदानलाई अवमूल्यन गर्दै गरेको एकलौटी निर्णय आफूलाई अमान्य रहेको बताए । उनले भने‘मलाई एकपटक सोधपुछ पनि गरिएन । पार्टीले जे गरे गरोस् । कारवाहीको मतलब छैन ।’

Batas

उम्मेदवार बरालले आफू डेढ सय मतले जित्ने दाबी गरेका छन् । भन्छन्‘म जित्ने गरि लागेको छु । डेढ सय मतले जित्छु ।’

यसअघिको निर्वाचनमा पोखरा १३बाट नेकपा एमालेका दर्शन लामाले झण्डै एक हजार मतान्तरले जित हासिल गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.