www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-६ मा एमालेद्वारा निर्वाचन लक्षित युवा भेला

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ६ मा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । यसैक्रममा पार्टीले आज उक्त वडामा बृहत युवा भेला सम्पन्न गरेको छ ।
अबको नेतृत्व युवाको हातमा भन्दै पार्टीले युवा भेलाको आयोजना गरेको हो ।

भेलामा प्रदेश सांसद राजीव पहारीले युवाले राणा शासनको अन्त्य गरेको कुरा स्मरण गर्दै अबको नेतृत्व युवाको हातमा भएको बताएका छन् । देश परिर्वतनमा युवाले अबको समयमा भुमिका खेल्नुपर्ने उनको भनाई थियो ।

Batas

कार्यक्रममा नेकपा एमालेको तर्फबाट उक्त वडामा वडाध्यक्ष प्रत्यासी विष्णुबहादुर भट्टराईले आफूहरुको जित निश्चित भएपनि नियम र कानुनले वैशाख ३० कुर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले महानगरबाट छुट्टाएको १५ प्रतिशत बजेट युवाकै हातबाट वडा निर्माणसँगै वडाको विकासमा खर्चिने उल्लेख गर्दै सक्षम टिमलाई भारी मतले विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा प्रत्यासी भट्टराईले कयौं शहिद देश भक्त युवा एमालेमा रहेको दावी समेत गरेका छन् ।

पार्टी कमिटी वडा नं ६ का अध्यक्ष बलराम पहारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम उमा भण्डारीले सञ्चालन गरेकी हुन् । निवार्चनको समय नजिकिंदै जाँदा पार्टीले उक्त वडामा प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.