पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोक स्थित शुक्लागण्डकी माविमा मंगलवारदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ यतिवेला जारी रहेको छ । विद्यालयले प्राविधिक शिक्षालयको पुर्वाधार विकास गर्ने उद्देश्य राखेर महायज्ञ गरेको हो ।
महायज्ञको तेस्रो दिन बिहीवारसम्म नगद तथा भुमिदान गरी कुल ३० लाख २९ हजार ७७ रुपैयाँ संकलन भएको छ ।

यज्ञमा बिहीवार सबैभन्दा बढी मुल आयोजक समितिका संयोजक रविलाल पोखरेलको परिवारबाट ३ लाख ५१ हजार सहयोग प्राप्त भएको छ ।
लामाचौर निवासी देउबहादुर गुरुङ (हेमकाजी) बाट ५१ हजार एक सय ११, पोखरा १ निवासी मेषबहादुर गुरुङबाट ५५ हजार पाँच सय ५५, लामाचौरका बाबुराम आचार्यबाट २५ हजार, लामाचौरकै हेमप्रसाद गौतमबाट २० हजार, घाचोक निवासी पुर्णकली पोखरेलको परिवारबाट १ लाख १ हजार १ सय ११ यज्ञमा प्राप्त भएको छ ।
घाचोक निवासी बुद्घिसागर पोखरेलको परिवारबाट एक लाख एक सय एक, पोखरा–१, भिमकालीपाटन निवासी कुमारी गुरुङबाट ५१ हजार एक सय पाँच, पोखरा–१, भिमकालीपाटन निवासी ओममाया गुरुङबाट ५१ हजार एक सय १५ तथा घाचोक कतार सम्पर्क समितिबाट ४५ हजार आठ सय १४ पनि सहयोग भएको महायज्ञ सचिवालय व्यवस्थापन समितिका सचिव विष्णु भण्डारीले जानकारी दिए ।
महायज्ञमा बिहीवार भुमिदान पनि संकलन भएको छ ।
जसअनुसार घाचोक निवासी पूर्णकली पोखरेलको परिवारले ६ आना तीन पैसा भुमि दान गरेकी छन ।
त्यस्तै घाचोकका उमनाथ पोखरेल र पार्वती पोखरेलबाट तुलादान पनि भएको मुल आयोजक समितिका संयोजक रविलाल पोखरेलले बताए ।
सुरुको दिनको तुलनामा पछिल्ला दिनमा यज्ञमा भक्तजनको सहभागिता तथा दान उठ्ने क्रम समेत बढेर गएको छ ।
मुल आयोजक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद पोखरेलले अन्य दान र यज्ञमा गरिएको दान फरक रहने आँैल्याउँदै सबैलाई मन खोलेर सहयोग गर्न आग्रह गरेका छन ।उनले विद्यालयले पवित्र उद्देश्य लिएको टिष्पणी गर्दै शुक्लागण्डकी माविलाई प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताए ।
यज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गरिरहेका छन् । उनले मानव जीवनमा श्रीमद्भागवतको ठुलो महिमा रहने औँल्याउँदै विद्या नै सबैभन्दा ठुलो धन भएको चर्चा गरे ।
बैशाख १८ गतेसम्म चल्ने उक्त यज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
मुल आयोजक समितिका संयोजक रविलाल पोखरेलको अध्यक्षतामा सम्पन्न बिहीवारको कार्यक्रम महासचिव मौसम कार्कीले संचालन गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.