www.tandavnews.com
Fact ~ In search of truth

किरणलाई सघाउँदै ‘बागी’ विष्णुले फिर्ता लिए उम्मेदवारी

पाेखरा।

आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर १३ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णुप्रसाद बरालले उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार प्रेस विज्ञप्तिमार्फत् उम्मेदवारी फिर्ता लिंदै कांग्रेसकै अर्का उम्मेदवार किरण बराललाई समर्थन गर्ने बताएका हुन् । बरालले नेपाली कांग्रेस क्षेत्र १ को क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारी वितरणमा प्रजातान्त्रिक मूल्य मान्यताविपरीत भएकाले आफूले दबाब दिन उम्मेदवारी दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Batas

‘मेरो यो उम्मेदवारी जथाभावी तरिकाबाट टिकेट दिँदा कार्यकर्तामा विद्रोह उत्पन्न हुने र त्यसले पार्टीलाई भविष्यमा कमजोर बनाउन सक्नेतर्फ सबै जिम्मेवार नेताहरुलाई सचेत गराउनु पर्ने कर्तव्य अन्तर्गतको थियो,’ उनले भनेका छन् ।

बरालले लामो समयदेखि पार्टीमा संलग्न भएर जीवनको उर्भर समय बिताएको अहिले नेता, कार्यकर्ता तथा शुभचिन्तकको खुसीका लागि जिम्मेवारी हुनुपर्ने भएकाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । ‘…म थप जिम्मेवार हुनु पर्दछ भन्ने सोची मैले दिएको स्वतन्त्र उम्मेदवारी आजैका मितिबाट फिर्ता लिएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.