www.tandavnews.com
Fact ~ In search of truth

अत्यावश्यक सिफारिस सित्तैमा, एकै कोठाबाट सबै सेवा

पोखरा।
अचेल गाउँले भन्छन् गाउँ गाउँमा सिंहदरबारमात्र आएन, सँगसँगै सिंहदरबारको भ्रष्टाचारसमेत आयो । गणतन्त्र आएपछि स्थानीयले तिर्नुपर्ने कर दोब्बर, तेब्बर बनाइएका छन् ।

सानातिना काम गर्न पनि धेरै कोठा चहार्नुपर्ने, बारम्बार कर तिर्नुपर्ने झन्झट छँदै छ । नागरिकको यो गुनासोलाई सम्बोधन गर्ने वाचासहित पोखरा महानगरमा गठबन्धनका उम्मदेवार चुनावी मैदानमा छन् ।

पोखरा महानगरमा आफूहरुले जितेमा एकै कोठाबाट नागरिकलाई सबै सेवा दिने मेयर उम्मेदवार धनराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘नागरिकलाई महानगरको आभास दिलाउन पनि यो जरुरी छ । हामी गफ गर्दैनौं, ३ महिनाभित्रै यस्तो सेवा सुरु गर्छाैं ।’ उनले नागरिकलाई विभिन्न क्षेत्रमा सहुलियत र महसुस गर्ने गरी सरल, सुलभ सेवा दिने प्रतिवद्धता गरेका छन् । पोखरा २८ का विभिन्न टोलमा घरदैलोका क्रममा उनले आफूहरुले पद बहाली गरेकै दिनदेखि अत्यावश्यक सिफारिस निःशुल्क गरिने प्रतीज्ञा गरेका छन् ।

Batas

उम्मेदवार आचार्यले पोखरा २८, ३३, १८ सहित अन्य वडामा समेत खानेपानीको समस्या रहेको उल्लेख गर्दै कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी दिनैपर्छ । खानेपानी, बाटो, सडक, स्वास्थ्य, शिक्षाको प्रबन्धै नभएको कसरी महानगर हुन्छ ?’ उनले एउटा परिवारलाई हरेक महिना ५ हजार लिटर पानी सित्तैमा उपलब्ध गराउने प्रतिवद्धतासमेत गरे ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरमा पछि थपिएका वडाहरुमा खानेपानी र सडककै मुख्य समस्या रहेको उल्लेख गर्दै आफूहरुले योजनावद्ध रुपमा ती समस्या समाधान गर्ने सुनाइन् । पोखरालाई युग सुहाउँदो आधुनिक सहर र त्यस अनुरुपमा पूर्वाधार र विकास, निर्माण नै आफूहरुको अर्जुनदृष्टि भएको उनको भनाइ छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.