www.tandavnews.com
Fact ~ In search of truth

‘ढाँटेर राजनीति हुँदैन’ : सांसद भट्टराई

पोखरा ।

संघिय सांसद विद्या भट्टराई अधिकारीले नागरिकलाई गुमराहमा राखेर राजनीति गर्न नहुने बताएकी छन् । जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी रहनुपर्ने जनाउँदै उनले ढाँटेर राजनीति नगर्न सुझाइन् ।

नेकपा एमाले पोखरा-२१ द्धारा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भनिन्,‘जनताको दुख सम्बोधन गर्न सक्ने नै नेता हो । नेताप्रति जनताले आशा गरेका हुन्छन् । उहाँहरुको आशालाई निराशामा परिणत हुन दिनु हुँदैन । ढाँटेर राजनीति हुँदैन । हामी हाम्रा बाचामा सधैँ प्रतिबद्ध हुनैपर्छ ।’

Batas

स्वर्गिय एमाले नेता रविन्द्र अधिकारी पत्नी समेत रहेकि सांसद भट्टराईले स्वर्गिय नेताले देखेको/कोरेको विकासको सपना पुरा गर्ने बताइन् । ‘उहाँले देख्नुभएको विकास र समृद्धिको सपना पुरा गर्न कुनै कसर बाँकी राख्ने छैन’, उनले भनिन्‘जनताका आवश्यकता, चाहाना र विकास निर्माणका कार्यहरु पहिलो प्राथमिकता हुन् । सो अनुरुप नै हामी अघि बढिरहेका छौँ ।’

संसाद भट्टराइले पोखरा-२१ स्थित फुस्रे खोला , रमदी, मट्टीखान, नुवाकोट जोड्ने बाटो छिट्टै निमाण गर्ने प्रतिबद्धता जनाइन् ।

नेकपा एमाले पोखरा -२१ का अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा वडा इन्चार्ज अर्जुन गिरी, एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार दिपक सुवेदी, फुस्रे खोला रमदी बाटो निर्माण उपभोेक्ता समिति अध्यक्ष देविबहादुर थापा, वडा कमिटि उपाध्यक्ष खगराज न्यौपाने लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव रोशन भट्टराईले गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.