www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा गठबन्धनको आमसभा, गठबन्धनले सबै दललाई फाईदा भएको नेताहरुको भनाइ

पोखरा।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले गठबन्धन बनेपछि सबै पार्टीलाई फाईदा भएको बताएका छन् । पोखरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गण्डकीमा गठबन्धनकै कारण मुख्यमन्त्री काँग्रेसले पाएको, अन्य ठाउँमा पनि काँग्रेसको नेतृत्वमा सरकाहरु गठन भएकाले गठबन्धनमा शंका नगर्न काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गरे ।

अरु दल उदार भएका कारण काँग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नुपर्ने उनको भनाई थियो । सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गठबन्धनकै कारण सबै राजनीतिक दललाई फाईदा पुगेको बताए । तर उनले जनतालाई के फाईदा हुन्छ भन्ने चहिँ बताएनन् ।

Batas

निर्वाचन अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाईँ भएको बताउँदै उनले ऐतिहासिक उपलब्धी बचाउन गठबन्धनको जीत आवस्यक रहेको बताए । सभामा नेकपा एकिृकत समाजबादी (एस) का अध्यक्ष माधवकुमार नेपालले ठूला राजनीतिक दलहरुले कुनै पनि दम्भ देखाउन नहुने बताए । दम्भकै कारण ओलीको विजोग भएको उनको भनाई थियो । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचका लागि गठबन्धधका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु देश दौडाहमा छन् । उनीहरु पोखराबाट सिधै दाङतर्फ लागेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.