www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको आदेशः ७२ घण्टा मदिरा सेवन नगर्नु/नगराउनु

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले स्थानीय तह निर्वाचन लक्षित आदेश जारी गरेको छ । बैशाख ३० गते शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित, भयरहित वातावरणमा सम्पन्न गराउन आदेश गरिएको प्रशासनले जनाएको छ ।

सार्वजनिक सूचना अनुसार यहि बैशाख २७ गते राती १२ बजेदेखि बैशाख ३० गते राती १२ बजेसम्म मदिराजन्य पदार्थहरु विक्रि वितरण तथा सेवा गर्न/गराउन पाइने छैन । बैशाख ३० गते मतदानको दिन अनुमति(पास) प्राप्त बाहेकका सवारी साधनहरु बिहान ६ बजेदेखि राती १२ सम्म सञ्चालन गर्न पाइने छैन ।

Batas

आदेश विपरित कार्य गरे/गराएको पाईए कानुन बमोजिम कारवाही हुने प्रशासनले उल्लेख गरेको छ ।

हेर्नुहोस् प्रशासनको सूचना

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.