www.tandavnews.com
Fact ~ In search of truth

नेपाल लिटरेचर फेस्टिभल पुस ६ देखि पोखरामा

पोखरा।
नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को दशैँ संस्करण पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शनिबार पत्रकार सम्मेलन गरी फेस्‍टिभलबारे जानकारी गराएको हो । फेस्टिभलमा दुई सय भन्दा बढी स्वदेशी, विदेशी लेखक, ५० भन्दा बढी छलफलका सत्र रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्की लेखक करुणतिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल,सह– प्राध्यापक एवम् लेखक सुकेतु महता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान लेखक श्रेयना भट्टाचार्यलगाएत अन्र्तराष्ट्रिय ब्यक्तिहरुको सहभागीता रहने छ ।

साथै पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्रीहरु गगन कुमार थापा, विश्वप्रकाश शर्मा, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइरला,सिके रावतलगाएतको उपस्थिती रहने छ ।

Batas

‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशैँ संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम काठमाडौँ विश्वद्यिालयका रजिष्ट्रार अच्युत वाग्लेको विद्धत्प्रवचन रहनेछ । उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिने छन् ।

फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशैँ संस्करणको फेस्टिभल आफुहरुका लागि थप विशेष भएको बताइन् । ‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनै । तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छैाँ । त्यसमाथि यस वर्ष दशैँ संस्करण हो ।’ उनले भनिन्,‘देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरुलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौँ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.