www.tandavnews.com
Fact ~ In search of truth

पानी नपर्दा मकै रोप्न समस्य

जाजरकोट।

आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।

पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए।

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०% किसानको खेतबारी बाँझिएको खत्रीले बताए। त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ ।

स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको उनीहरुको भनाइ छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.