www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा नेकपा एमाले ७ वडामा निर्वाचित

तनहुँ।

तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, भीमाद–२ दिनेश थापा, भीमाद–३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे –३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा विजयी भएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिए।

यसैगरी नेपाली कांग्रेसबाट ऋषिङ गाउँपालिका–२ मा दलबहादुर थापा, शुक्ला–१ मा रवीचन्द्र पौडेल र वडा नं २ मा सुमन राना, भीमाद नगरपालिका–१ मा दीपक आले तथा देवघाटमा मीनराज राना विजयी भएकोे नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जिल्लाको आँबुखैरेनी गाउँपालिका–१मा प्रेमबहादुर गुरुङ र ऋषिङ गाउँपालिका–१ मा कुशबहादुर थापा विजयी भएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए।

ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो । तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका–८ मा भएको विवादका कारण मतगणना हुन सकेको छैन् । उक्त वडाका दुई मतदान केन्द्रमा पुनः जेठ ४ गते बिहान ७ बजेदेखि ५बजेसम्म मतदान गर्ने निर्णय भएकाे छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.