www.tandavnews.com
Fact ~ In search of truth

सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टपिन्द्रप्रसाद तिमल्सिना विजयी

सिन्धुपाल्चोक।

सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टपिन्द्रप्रसाद तिमल्सिना विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

तिमल्सिनाले पाँच ९३२ मत प्राप्त गरे, भने उपाध्यक्षमा नेपाली कांग्रेसकि कान्छी लामा पाँच हजार ९०४ मत प्राप्तगरी विजयी गरिन्। उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले चार हजार ९७४ मत पाए। जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी भएको छ ।

अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भए। स्याङ्वोले पाँच हजार ५७२ र श्रेष्ठले चार हजार ७६८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले चार हजार ४०० र उपप्रमुखका निकटतम प्रतिस्पर्धी सुनिता थापा लामाले तीन हजार ७०७ मत प्राप्त गरिन्। पाँचपोखरी गाँउपालिकामा मतगणना जारी रहेको र एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.