www.tandavnews.com
Fact ~ In search of truth

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

सप्तरी।
सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए।

 

उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनु भएको थियो । खाना खाएर सुत्नुभएका उनको निधन भएको बताइएको छ ।

 

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए। उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए। सदस्यमा उनसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.