www.tandavnews.com
Fact ~ In search of truth

‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।

२०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको हो । त्यसैलेको उपलब्धिस्वरुप अहिले मलुकमा संघीय गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । उनले भनेका छन्, ‘पटक÷पटकका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको चुलीमा पु¥याउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी हो ।’

Batas

भर्खरै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यहि वर्षभित्र प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने उल्ल्ेख गर्दै मुख्यमन्त्री पोखरेलले आवधिक निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको बताएका छन् । संविधानसभामार्फत् बनेको संविधान र त्यसैमा टेकेर बनेका ३ तहका सरकारलाई अझ जनमुखी र प्रभावकारी बनाउने सबैभन्दा ठूलो शक्ति नै राजनीतिक दलहरुको प्रतिबद्धता रहेको उनले जनाएका छन् । उनले भनेका छन्, ‘कुनै पनि व्यवस्था सफलताको सूचक नागरिक सन्तुष्टि हो । यस सन्दर्भमा नागरिक समाज, निजी क्षेत्र, राजनीति दलसहित सम्पूर्ण देशवासी एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’

नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात सहिदहरुप्रति म यस अवसरमा भावपूर्ण श्रद्धाञ्जली, घाइते, अपांपता भएकाहरुको स्वास्थ्य लाभको कामनासहित बेपत्ता हुनेहरुका परिवारजनमा उनले सहानुभूति प्रकट गरेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.