www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरिन्। साथै, राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएकी छन्।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत् अवस्थामा आज बिहान भेटिएको थियो । चालक दलका तीन सदस्य र १९ यात्रु लिएर पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । घटनामा जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.