www.tandavnews.com
Fact ~ In search of truth

एमाले कास्की अडियो प्रकरण: मनोज, महेश र प्रशान्त पार्टीबाट सस्पेन्ड

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमाले कास्कीले तीन जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनसँग जोडिएर सार्वजनिक भएका अडियो क्लिपमा संलग्नहरुलाई निलम्बन गरिएको पार्टीले जनाएको छ । सार्वजनिक अडियोमा संलग्न रहेका पोखरा २१ का मनोज पहारी, पोखरा ३३का महेश अर्याल र प्रशान्त आचार्यलाई संगठित सदस्यबाट निलम्बन गरिएको हो ।

‘स्थानिय तह निर्वाचन २०७९को शिलशिलामा पोखरा महानगरपालिकाको निर्वाचनसँग जोडिन आएको अनेकौँ विषयहरुको बारेमा नेकपा एमाले कास्कीले मसिनो गरी अध्ययन गरिएको सर्वविधितै छ । त्यस क्रममा सार्वजनिक भएका भ्वाइस क्लिप र त्यसमा संलग्न व्यक्तिहरुसँग पार्टीका सम्बन्धित ब्यक्तिहरुले स्पष्टीकरण सोधी निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसारको अनुशासन उल्लघंन गरिएको ठहर गरी धारा ८१ बमोजिम कारवाही प्रक्रिया अघि बढेको जानकारी गराउँदछौँ’ एमाले कास्कीले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ ।

Batas

सार्वजनिक अडियोहरु निर्वाचन अघि रेकर्ड गरिएको भएपनि निर्वाचन सकिएपछि सार्वजनिक भएका थिए ।

यसअघि गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले विज्ञप्ति जारी गर्दै आफूलाई बद्नाम गर्ने नियतले अडियोमा आफ्नो नाम उल्लेख गरिएको बताएका थिए । अडियोमा संलग्न भनिएका मनोजलाई आफूले कुनै जिम्मेवारी नदिएको प्रष्ट्याएका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.