www.tandavnews.com
Fact ~ In search of truth

अफिम कारोबारमा संलग्न पूर्व वडासदस्य पक्राउ

बागलुङ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ ।

विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार भएकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व वडासदस्यसमेत हुन ।

आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेष्टहाउसको कोठामा बस्नुभएकी घर्तीमगरले अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिमकार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् । घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्तीमगरको खोजी सुरु गरेको थियो ।

खोजतलासका क्रममा डेढ वर्षपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा लुकिछिपी बसीरहेको अवस्थामा घर्तीमगरलाई नियन्त्रणमा लिइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राईले बताए। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको सहयोगमा घर्तीमगरलाई पक्राउ गरिएको उनको भनाइ छ । बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घर्तीमगरमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.