www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणाको पूर्वतयारी

गलकोट।

बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नगरपालिकालाई ‘बालमैत्री नगरपालिका घोषणा’को पूर्वतयारी सुरु गरिएको छ ।

 

नगरपालिकाले विभिन्न सूचक पूरा गरेर दुई वर्षभित्रै बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ अनुसार बालमैत्री नगरपालिका घोषणका लागि ५१ वटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । नगरका १४ वटै वडाका वडाध्यक्ष, वडासचिव, नगर कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखलाई सामाजिक विकास कार्यालयले उक्त नगरपालिकालाई बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापनसम्बन्धी जानकारी गराएपछि बालमैत्री नगर घोषणाको पूर्वतयारी थालिएको हो ।

 

उक्त ऐनअनुसार नगरपालिकाले बालमैत्री स्थानीय तह घोषण गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य लिएको छ । बालमैत्री नगर बनाउँदा स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बालअधिकारका सवालहरुलाई प्राथमिकता दिने, बालबालिकाको समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधाहरुमा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालसहभागिता बढाउने, सबै भौतिक पूर्वाधारणहरु बालमैत्री हुनुपर्ने, बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलन गर्नुपर्ने आधार उल्लेख छन् ।
  रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.