www.tandavnews.com
Fact ~ In search of truth

आगलागीमा घर जल्यो

जलेश्वर।

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको एक घरमा आज बिहान आगलागी हुँदा चार लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय सरोज तोलागेंको दुईतल्ले काठको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर सहितका सरसामानहरु जलेर नष्ट भएको छ । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.