म्याग्दी ( रासस )
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताएका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उनले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताए ।
मन्त्री अधिकारीले नेपाल प्राकृतिक, धार्मिक, ऐतिहासिक र परम्परागत कला संस्कृतिमा धनी भएकाले तिनको संर्वधन गरी पर्यटक भित्र्याउन सके मुलुकको विकास र समृद्धि सम्भव हुने बताए ।
‘‘ यहाँ कयौँ मनोरम पर्यटकीय गन्तव्य छन्, पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा अहिले पर्यटक बढ्न सकेका छैनन्, अब सरकारले त्यसतर्फ ध्यान दिन्छ, पर्यटन विकासमा सरकार गम्भीर भएर लागेको छ’’–उनले भने ।
सन् २०२० मा वार्षिक रुपमा १५ लाख पर्यटक भित्र्याउने घोषणा गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सरकारले त्यो संख्या बढाएर २० लाख पर्यटक भित्र्याउने योजना सहित काम गरिरहेको बताए।
उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र पर्यटन बोर्डद्वारा संयुक्त रुपमा स्थापित पर्यटक सूचना केन्द्र उद्घाटन गर्दै उनले यस केन्द्रले जिल्लामा भित्रने पर्यटकलाई जिल्लाका गन्तव्यको बारेमा सूचना र सन्देश प्रवाह गर्न सघाउने विश्वास व्यक्त गरे।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.