www.tandavnews.com
Fact ~ In search of truth

खुकुरी प्रहार गर्ने चार विद्यार्थी पक्राउ

काठमाडौँ।

नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौँ टोखाका १८ वर्षीय प्रतीक खतिवडालाई मङ्गलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले १० दिनपहिले कलेजमा बास्केटबल खेल्दा भएको विवादलाई लिएर कलेजमा दुई पक्षबीच भएको झैझगडा मिलाउने क्रममा रिसिवी साँधेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा खुलेको जानकारी दिए।

विद्यार्थीको खुकुरी प्रहारबाट सुरक्षा गार्डको बायाँ कानमुनि चोट लागेको र उनको अहिले मोडल अस्पताल बागबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.