www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा महानगरपालिका वडा न‌म्वर १३मा “एक घर एक विरूवा“ कार्यक्रम सञ्चालन

पोखरा।

पाेखरा महानगरपालिका वडा न‌ १३ले वडामा  वसाेवास गर्ने पाँच हजार घरधुरिलाइ निशुल्क कागतीका विरुवा विरतरण गरेकाे छ । वातवरण मैत्री वडा बनाउने उद्देश्यले पाँच हजार विरुवा वितरण गरिएकाे हो ।

वडा १३ मा स्थित टोल विकास संस्थाका अध्यक्षलाइ शनिवार भेला गराइ उनीहरु मार्फत प्रत्येक घरधुरीलाई एक एक ओटाका दरले कागतीका विरुवा बाँडिएको वडा नं १३ का अध्यक्ष किरण वरालले वताए । भेलामा सम्बोधन गर्दै अध्यक्ष बरालले जडिबुटीको रुपमा रहेको कागतीलाई घरमा लगेर अनिवार्य रोप्नको लागि अनुरोध गरे । कागती स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो भएकाले विरुवा रोपेपछि संरक्षण र सम्बर्धन गरी आयआर्जनको माध्यम बनाउन सके कार्यक्रम अझ फलदायी हुने अध्यक्ष वरालले वताए । वडाध्यक्ष वरालले आफ्नो पाँच बर्षे कार्यकाल पोखराकै नमुना बनाउने गरी आफु अगाडी बढेको हुँदा यो कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको बताए ।

Batas

एक घर एक कागती कार्यक्रम वडाको पर्यावरण र कृषि क्षेत्र तर्फको पहिलो कार्यक्रम भएको हुनाले यसलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने वडा सदस्य सुचित तमाङले वताइन् । स्थानीयवासी तथा समाजसेवी गणेश आचार्यले वडाले दिएको कागतीको विरुवा सोही दिन रोपेको वताए । सोही कार्यक्रममा वडा अध्यक्षले उपस्थित भएका टोल विकास संस्थाका अध्यक्षहरु सँग मागगरेका योजना र सुझावका वारेमा व्यापक छलफल भएको थियो ।

सोही दिन वडा नं १३ को आयोजनामा वडा भित्रका आठ सामुदायिक विद्यालयका ३६ जना शिक्षकहरुलाइ स्थानिय पाठ्यक्रम प्रवोधिकरण तथा नविन्तम शिक्षण विधि सम्बन्धि एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वडा अध्यक्ष वरालले आवश्यकताका आधारमा पाँचवर्षमा विद्यालयको भौतिक तथा शैक्षिक उन्नती गराइ संस्थागत विद्यालयसँग सजिलै प्रतिस्पर्धा गर्ने वातवरण सिर्जन गर्ने बताए ।

भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष लोक वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत वद्रिनाथ सुवेदी, इन्द्रराज्य मावि लामाचौरका प्रधानाध्यापक केशव अमगाइ लगायत वोलेको कार्यक्रममा भद्रकाली माविका प्रधानाध्यापक घनश्याम रिजालले स्वागत र सह प्रधानाध्यापक राजेन्द्र भण्डारीले संचालन गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.