www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्व पृथ्वीराजमार्ग खुल्यो

तनहुँ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ ।

माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो ।

मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, “अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।”

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.