www.tandavnews.com
Fact ~ In search of truth

डोल्पामा विद्युत् पु¥याउन बोलपत्र आह्वान

जाजरकोट।

डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पु¥याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ ।यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पु¥याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ ।

रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ । डोल्पामा तत्काल विद्युत् पु¥याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बुधबार मात्र विद्युत् प्राधिकरण प्रदेशिक कार्यालयले ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ ।

त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्नेबित्तिकै पालिकामा विद्युत् पु¥याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो । दुई वर्षदेखि डोल्पामा विद्यत् पु¥याउने जनाउँदै ठेक्का लागे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुनसकेको थिएन । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहँुदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको जनाइएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.