www.tandavnews.com
Fact ~ In search of truth

लामाचौरकी पुनम खत्री १० दिन देखि वेपत्ता

पोखरा,
ताण्डव न्यूज।

पोखरा १९ लामाचौरकी एक महिला १० दिन देखि बेपत्ता भएकी छिन् ।

लामाचौरकी ३२ वर्षीया पुनम खत्री जेठ ८ गते देखि हराएकि हुन् । जेठ ८ गते स्याङजा बाडखोला माइत जादै गर्दा उनी बेपत्ता भएको आफन्तले जनाएका छन् ।

Batas

तर माइत नै नपुगी उनी सम्पर्कबिहिन भएको जनाइएको छ । उनी घर र माइत कतै पनि सम्पर्कमा आएकि छैनन् ।

होचो कद, मोटो शरीर , गहुँगोरो वर्णभएकी पुनम माइत जादाँ निलो पाइन्ट र गेरु रङ्गको उनीको सर्ट लगाएकी थिइन् । कहिकतै देखे वा भेटेमा प्रहरीमा खबर गरिदिन आफन्तले आग्रह गरेका छन् ।

उनको खोजी गर्न परिवारले प्रहरीमा जाहेरी पनि दिएको छ । माइत हिडेकी पुनम एक्कासी हराउँदा परिवार चिन्तिन बनेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.