www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा टिभिएस अपाचे आरटिआर १६० फोर–भी

पाेखरा।

पोखरामा विएससिक्स मोडलको टिभिएस अपाचे आरटिआर १६० फोर–भी आरटिएफआइ बाइक सार्वजनिक भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले एक कार्यक्रमबीच सो मोटरसाइकल सार्वजनिक गरेको हो ।

टिभिएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका मार्केटिङ हेड विक्रम पौडेल र बतास ब्रदर्श प्रा.लि.का सिओओ राजेश रानाभाटले संयुक्त रुपमा बाइकको बिक्री शुभारम्भ भएको घोषणा गरे।

Batas

बाइकमा रेस ट्युन्ड फ्युल इन्जेक्सन आरटिएफआइ प्रविधिको विएससिक्स अनुरुपको इन्जिन छ । रेस ट्युन फ्युल इनजेक्सन प्रविधिको बिएस भिआई इन्जिन रहेकाले इन्जिन नियन्त्रणमा सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ । चालकका लागि स्मार्ट फोन तथा ब्लुतुथ जडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ ।

बतास व्रदर्शले ३ जना ग्राहकलाई बुधबार नै चावी हस्तान्तरण गरेको प्रवन्धक सन्तोष पोखरेलले दिए । सो अवसरमा कलाकार धर्बेन्द्र सेवाङले लाइभ प्रस्तुती दिए। केही दिन अघि मात्रै उक्त बाइक नेपाली बजारमा सार्वजनिक भएको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.