www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवाबाट भानुको प्रतिमामा माल्यार्पण

काठमाडौँ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन्।

प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.