www.tandavnews.com
Fact ~ In search of truth

राजस्व वृद्धि

पर्सा।

वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आवमा ४५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले सङ्कलन गरेको राजस्वको तुलनामा आव २०७८/७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

अघिल्लो आवमा महानगरपालिकाले रु ६६ करोड ८८ लाख ९४ हजार राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०७८/७९मा कार्यालयले रु ९७ करोड ४५ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५.७० प्रतिशत बढी हो ।

महानगरपालिकाले गत आवमा सबै भन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २० करोड ९९ लाख २३ हजार सङ्कलन भएकोमा गत आवमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात ४६ करोड २३ लाख ५९ हजार सङ्कलन भएको छ ।

त्यसै महानगरपालिकाले सम्पत्ति करमा गत आवमा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु १५ करोड २१ लाख ८७ हजार राजस्व सङ्कलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व सङ्कलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.