www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमै गर्न माग

पोखरा।
नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेश बासीले माग गरेका छन् ।
खेलस्थल व्यबस्थापन उपसमितिले पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेश बासीले उक्त प्रतियोगिताका ३६ वटै खेलहरु गण्डकी प्रदेशकै हुनु पर्ने माग गरेका हुन् ।

सुटिङ, सुइमिङ लगायतका खेलको लागि प्रदेश भित्रै उपयुक्त स्थानको खोजि गर्न छलफलमा सहभागि राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, विभिन्न खेल संघका पदाधिकारी र सरोकारवालाहरु एवं खेलकुदकर्मीहरुले उक्त रायव्यक्त गरेको खेलस्थलव्य बस्थापन उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण प्रसाद तिमिल्सिनाले बताए।

राखेपका पूर्व सदस्य खड्कबहादुर रानाभाटले प्रतियोगिता प्रदेशबासीको इज्जत र प्रतिष्ठासँग जोडिएकोले कुनै पनि खेलको लागि अनुकुल वातावरण बनाउनु पर्नेमा जोड दिए। पोखरा रंगशाला जग्गा प्लटीङ भएसरी मनपरी ढंगले भौतिक संरचना भएको उनको गुनासो थियो ।

Batas

खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै, पोखराको कला संस्कृति प्रदर्शनको तयारी गर्नुपर्ने, खेल स्थलहरुमा सौन्दर्यकरण लगायतका कुरामा विशेष ध्यान दिनुपर्ने छलफलमा सुझाव आएको सचिव कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए।

खेल स्थल व्यवस्थापन उपसमिति संयोजक राजेशकुमार गुरुङले छलफलमा उठेका कुरा र प्रदेशका विभिन्न ठाँउमा खेल मैदानहरुको अध्ययन अवलोकन गरेको आधारमा यही साउन १५ गते हुने राखेपको वोर्ड बैठकमा राख्ने बताए।

आउँदो असोज २८ देखि कार्तिक ३ गतेसम्म उक्त प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा अन्तर्गत नेपालकै ठूलो पोखरा रंगशालामा धेरै खेलहरु हुने सक्ने संयोजक गुरुङले बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.