www.tandavnews.com
Fact ~ In search of truth

थप ७६० मा सङ्क्रमण पुष्टि

काठमाडौँ।
देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार २५० पुगेको छ ।

नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६९ पुगेको छ । यस रोगका कारण पछिल्लो समय थप एक जानको ज्यान गएको छ । त्यसैगरी पछिल्लो समय ४७ हजार तीन सय ४१ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय दुई पुगेको छ । होम आइसोलेशनमा पाँच हजार चार सय ४०, संस्थागत आइसोलेशनमा एक सय ६२ र सघन उपचार कक्ष (आइसियु) मा ४४ जनाको उपचार भइरहेको छ ।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.