www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पोखरेलको उम्मेद्वारी घोषणा

पोखरा।
पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

पोखरेल अहिले संघको वाणिज्य तर्फका उपाध्यक्ष छन् । उनी कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै वाणिज्य उपाध्यक्ष बनेका हुन् । पोखराको निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदै छ । अग्रज, समकालीन र अनुजहरुसँग सल्लाह गरे पश्चात यो घोषणा गरेको पोखरेलले बताए । उनले सबै उद्योगी, व्यवसायीलाई समेटेर संघको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.