www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

काठमाडौँ।

जापान भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ ।

भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहेका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो । उक्त भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गरेका थिए।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.