www.tandavnews.com
Fact ~ In search of truth

‘क्लिन’ हुन ‘मोटिभेट’ गर्दै ‘लाउरे’ रिचमण्ड फेलोसिप पाेखरामा

आशिष पुरी
पोखरा, ताण्डव न्यूज ।

‘बिरामी बिरामी
छैन अब बिरामी
मार्दिसकेँ मेरो बिमार कालो किरा नी
छैन अब बिरामी
हुँदिन म बिरामी’

युवापुस्तामाझ अहिले यि शब्द चर्चित छन् । र्‍यापर आशिष राना उर्फ लाउरेको यि शब्दहरु धेरैको मोटिभेसनको मध्यम बनेको छ । कारण, उनको यो वास्तविक भोगाईको गीत हो । लागूऔषध दुव्र्यसनको दलदलमा पर्दैगर्दाका भोगाई यस गीतमा समेटेका छन् लाउरेले ।

Batas

कुनैबेला दूव्र्यसनको नशाले शिथिल भएका लाउरेको जिवनमा अहिले स्फूर्ती छ । उनि लागूऔषधबाट मुक्त त भइसके, सँगै यससम्बन्धी सचेतना कार्यक्रमहरुपनि सक्रिय सहभागी हुँदै आएका छन् ।

केहि महिनायता लागूऔषध दूव्र्यसनी विरुद्धका विभिन्न सचेतना कार्यक्रमहरुमा उनको उपस्थिती बाक्लो छ । यसै मेसोमा बुधबार उनि पोखरा महानगरपालिका-११मा रहेको ‘रिचमण्ड फेलोसिप’मा पुगे । यहाँ लागूऔषध दूव्र्यसनमा परेकाहरुलाई विभिन्न माध्यमबाट उपचार गरिन्छ ।

दुव्र्यसनबाट मुक्त हुनका लागि रिचमण्ड फेलोसिपमा आएकाहरुलाई लाउरेले आफ्नो अनुभव सुनाए । अन्धकारबाट उज्यालोको यात्राबारे जानकारी गराउँदै उनले ‘लागूऔषधको लत’बिनाको जिन्दगीको मज्जा सम्झाए ।

फसिसकेपछि दुव्र्यसनबाट मुक्त(क्लिन) हुन केही समय लागेपनि असम्भव नरहेको भन्दै उनले आफ्नो तर्फबाट सक्दो सहयोग र प्रेरित(मोटिभेसन) गरिरहने प्रतिबद्धता जनाए ।

लाउरे लागूऔषध दुव्र्यसनी विरुद्धको अभियानका गण्डकी प्रदेशका सद्भावना दूत पनि हुन् । समाजमा कैयौँ युवायुवतिहरु अन्जान र लहैलहैमा दुव्र्यसनको भुमरिमा पर्ने गरेको उल्लेख गर्दै उनले आगामी दिनहरुमा टोल, समाज र देश केन्द्रित सचेतना अभियानमा लाग्ने बताए ।

सो अवसरमा विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.