www.tandavnews.com
Fact ~ In search of truth

‘गलत निर्णय आत्महत्या’

पोखरा
रातको २ बजेसम्म पब्जी खेलेर बसेका स्याङजाको विरुवा घरभएका १९ वर्षीय राम गुरुङ साउन ८ गते बिहान पोखरा १४ जागृति मार्ग स्थित डेराको देह त्याग गरे । राति ट्वाइलेट जान कोठाबाहिर निस्केका उनी डेराको ट्वाइलेटमा झुडिएको अवस्थामा बिहान फेला परे । ट्वाइलेटमा भित्रबाट चुकुल लगाइएको थियो । ट्वाइलेटको डण्डीमा उनी झुण्डिएको अवस्थाम प्रहरीले निकाल्यो । उनको भुण्डिएको अवस्थामा फेला पारेपछि उनलाई कास्की प्रहरीले पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएको थियो । तर, झुण्डिएको १ महिना बित्दा पनि उनी झन्डिएको कारणहरु पत्ता लगाउन सएिको छैन ।

असार ३२ पोखरा ८ बगालेटोल डेरामा बस्दै आएकी लमजुङ चिते घर भएकी २२ वर्षकी सुमना खनाल पनि झुण्डिएको अवस्थामा फेला परिन् । उनी पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्यायन गरिरहेकी थिइन् । उनको पनि कास्की प्रहरीले पोष्टमार्ट गरायो । आत्महत्या गर्नुको कारणहरु अझै खुलेका छैन । असार २७ गते कास्की अन्नपूर्ण गाउँपालिका ७ पानी पोखरीको जंगलमा एउटै रूखमा एक जोडी रुखमा झुण्डिएको अवस्था फेला प¥यो । प्रहरीले १ हप्ताअघि नै उक्त लासहरु झुण्डिएको अनुमान गरेको थियो ।

काभ्रेपलान्चोक बनेपा नगरपालिका १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापा झुन्डिएका अवस्थामा फेला परेपछि गल्फ्रेण्ड ब्वाइप्रेण्ड भएको अनुमात लगाउन सकिन्छ । यसरी झण्डिनुमा उनीहरुको प्रेम सम्बन्ध नै अनुमान गर्न सकिन्छ । प्रहरीको अनुमानमा पनि उनीहरु गल्फेण्ड ब्वाइफेन्ड भएको पत्ता लाग्यो । तर, यसरी आत्महत्या गर्नुको कारण वा खास अझै बाहिरिएको छैन ।

Batas

जेठ १८ गतेको घटना हो । पोखरा शृजनाचोक बस्दै आएका आमाछोरी मृत भेटिए । आमा झुण्डिएको अवस्थामा र छोरी खाटमा पल्टिरहेको अवस्थामा प्रहरीले भेट्यो । प्रहरीले उक्त घटनामा छोरीको हत्या गरी आमा झण्डिएको निश्कर्ष निकाल्यो । उनका श्रीमानले पनि प्रहरीसँग मिल्दो बयान दिए ।

चितवनको रत्ननगर नगरपालिकाकी ४० वर्षकी महिला सुशिला शर्मा खतिवडा र सात वर्षकी बालिका सोनिका मृत्यु भएको घटना रहस्य बनिरहेको छ । घटनाको कसरी घट्यो अनुमान गर्न मात्र सकिन्छ । बाहिरबाट हेर्दा आर्थिक अवस्था र परिवारिक मेलमिलाप देखिन्छ ।

यसरी आत्महत्या गर्नेहरु अधिकांश डेरामा बस्दै आएकोको संख्या बढि भेटिएको छ । परिवारबाट टाढा हुनु । शैक्षिक असफलता, प्रेममा धोका, व्यापार–व्यवसायमा घाटा, ऋण, घरेलु हिंसा तथा पारिवारिक कलह, साथिभाईसँगको झगडा, मनमुटाव, लैंगिक हिंसा, अपराध, सामाजिक अपमान तथा लागुऔषध दुव्र्यसन, पारिवारिक पृष्ठभूमी, हिन्नता बोध, आर्थिक अवस्था कमजोर, परिवारिक झै–झगडा, आत्महत्याका प्रमुख कारण बुझन सकिन्छ । सोमबार पोखरामा आयोजित ‘सुसाइड र मिडिया’ अन्तक्र्रियामा आत्महत्याका जड मेन्टल्ली सिक भएको बहस भयो ।

बढ्दो आत्महत्या रोकथाम गर्न गण्डकी मेडिकल कलेज मनोचिकित्सा र मानसिक स्वास्थ्य विभागको आयोजनामा पत्रकार, प्रहरी र डाक्टरले शनिबार समाधानका चुनातिहरु, मुख्य कारण, समाजले हेर्ने दृष्ट्रिकोण र अबको बाटेको बारेमा अन्तक्र्रिया भएको थियो ।

‘आत्महत्या समस्या हो, समाधान होइन’ भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले घरका प्रत्येक सदस्यले जान्न जरुरी भएको प्रस्तुति दिए । संसारमा हरेकसँग केही नकेहीँ समस्या भएकाले समाधानको उपाय सुसाइडसम्म सोच्नु गलत भएको बताए । ‘समस्या तपाईं हामी सामु अहिले पनि छन् । भोली पनि हुनसक्छ । समस्यालाई समाधानको दृष्ट्रिकोणले हेर्नुपर्छ,’ उनले भने, ‘आत्महत्या गरेर समस्या सकियो भन्ने होइन् । यसले झनै परिवारमा थप समस्या बन्छ ।’

उनले नेपालमा गत आर्थिक वर्ष ६ हजार ७ सय ९२ जनाले ज्यान तथ्यांक प्रस्तुत गरे । सन् २०२१ मा नेपालमा आत्महत्याको दर वृद्दि भई प्रति लाख २३.७५ पुगेको उनको भनाइ छ । नेपालमा दैनिक सरदर १९ जना मानिसको आत्महत्याका गर्ने गरेको डिएसपी तिवारीले बताए । उनले कास्कीमा पनि हात्महत्याको दर बढ्दो भएको बताए । कास्कीका आत्महत्या गर्ने संख्या महिला भन्दा पुरुष बढि भएको उनले बताए । उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा पुरुष ९५र महिला ६२ जना मृत्यु भएको बताए । २०७४ र ०७५ सालदेखि नै बढ्दै आएको आत्महत्या दर अघिल्लो आवमा केही घटे पनि यसको रोकथाममा चुनौती देखिएको उनले बताए ।

कार्यक्रममा अस्पतालका डाक्टर रबिराज तिमिल्सिनाले मिडियाले आत्महत्याको विषयलाई हेडिङ बनाउन नहुने बताए । उनले समाचार लेख्दा पनि पत्रकारहरुले आत्महत्याको समाचारलाई फ्रन्टपेजमा भन्दा भित्री पेजहरुमा प्रकाशन गर्नुपर्ने उल्लेख गरे । ‘आत्महत्या प्रोत्साहन गर्न तपाईं हामीको पनि भूमिका छ । यसमा तपाईं पत्रकारहरुले आत्महत्याको विषयलाई फ्रन्ट लाइनको हेडिङ नबनाउन । यसलाई कसेसम्म समाजमा आत्महत्या भन्ने शब्द नै उच्चारण नगरौं ।’

गण्डकी मेडिकल कलेज मनोचिकित्सा र मानसिक स्वास्थ्य विभागका प्रमुख डा देवकुमार थापा, विश्व स्वास्थ्य संगठन नेपालका अध्यक्ष डा केदार मरहठ्ठा, डिएसपी सुन्दर तिवारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ र डा तिमिल्सिनाले र डाक्टर निर्मल लामिछानेले आत्महत्या र मिडियाका विषयमा प्रस्तुति दिएका थिए । उनीहरुले आत्महत्या एउटा मनोवृत्त भएकाले परिवारका सदस्यले एकअर्कोको क्यार गर्नुपर्ने कुरामा जोड दिए ।

देशमा भएका कुल मानिसको २० देखि ४० प्रतिशत मानिसहरु मानसिक समस्या हुने भएकाले रेखदेख गर्नुपर्ने बताए । डाक्टर लामिछानेले देशभरी आँकडा हेर्दा एउटा परिवारका ४/५ जना सदस्यमा एक जनामा मानसिक समस्या देखिने हुँदा परिवारका सदस्यका रेखदेख गर्नुपर्ने बताए ।

उनले प्रत्येक सदस्यले आफ्नो घरमा भएको बिरामीलाई एक सेकेन्ड पनि छोडे आत्महत्या गर्न सक्ने हुँदा साथ छोड्न नहुने बताए । ‘यस्ता बिरामीलाई एक सेकेण्ड पनि छोड्नुभयो भने । दुर्घटना हुन सक्छ । पछिल्लो समय किशोराअवस्थाका बालबालिलाई पनि बाबुआमाले बढि हेरचाहा गर्न जरुरी छ,’ उनले भने । मुलुकी अपराध संहिता २०७४ (दफा १८५) ले कसैले कसैलाई आत्महत्या गर्न दुरूत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गरे ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.