www.tandavnews.com
Fact ~ In search of truth

नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने गठबन्धनको निर्णय

काठमाडौँ ।
सत्ता गठबन्धनको बैठकले नेपाल नागरिकता विधेयक, २०७९ लाई संसदबाट पारित गरी पुन राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयकलाई संसदबाट तत्काल प्रक्रिया अगाडि बढाई पुन राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको हो ।

फिर्ता भएको नागरिकता विधेयकलाई पुन संसदले पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रक्रिया अगाडि बढाइने सहमति भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

Batas

यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत् रुपमा सरोकारवालाहरू, मानव अधिकारकर्मी, नागरिक समाजका तथा पीडितहरूको सुझावलाई  मनन गरेर विधेयक अगाडि बढाइने मन्त्री कार्कीले बताए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.