www.tandavnews.com
Fact ~ In search of truth

एमालेलाई चुनाव लड्न कसैसँग गठबन्धन गरिरहनुपर्ने आवश्यकता छैन : अध्यक्ष ओली

झापा ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने बताएका छन्।

झापाको क्षेत्र नं ३ अन्तर्गत कचनकवलमा पार्टीले आज आयोजना गर्न लागेको बृहत् आमसभा एवम् पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्न झापा आएका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेलाई चुनाव लड्न कसैसँग गठबन्धन गरिरहनुपर्ने आवश्यकता नरहेको उल्लेख गरे।

“नेकपा एमाले जनताले पत्याएको, आशा–भरोसा बोकेको, बलियो सङ्गठन भएको पार्टी हो” राप्रपासँग एमालेले गठबन्धन गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भने – “गठबन्धन कमजोरहरूले गर्ने हो, बलियोले होइन ।”

Batas

अध्यक्ष ओलीले सत्तासीन दलहरूको गठबन्धनतर्फ सङ्केत गर्दै विचार सिद्धान्त नमिल्नेहरू बीचको गठबन्धन केवल सत्ताको वरिपरि घुमिरहने प्रपञ्च बाहेक केही नभएको बताए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.