www.tandavnews.com
Fact ~ In search of truth

समाजवादी चिन्तक गिरीको अन्त्येष्टि

काठमाडौँ।
समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गरे । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे। सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व गिरीप्रति सलामी अर्पण ग¥यो । स्व गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहेका सांसद गिरीको गएराति निधन भएको हो । गिरीको अन्त्यष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व गिरीका श्रीमती र एक छोरा छन् ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.