www.tandavnews.com
Fact ~ In search of truth

क्विक्स कप फुटबलः आजदेखि क्वाटरफाइनलका खेल 

अर्जुन कार्की,

ताण्डव न्यूज ।

क्विक्स कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा आज (बिहीबार)देखि क्वाटरफाइनलका खेलहरु हुने भएका छन् ।

प्रतियोगितामा बुधबार प्रि–क्वाटरफानलका खेलहरु सकिएका छन् ।प्रतियोगितामा बुधबार रुद्रेपिपल माध्यमिक विद्यालय, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र रेश नुन्थला माध्यमिक विद्यालयले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबारको पहिलो खेलमा रुद्रेपिपल माध्यमिक विद्यालयले न्यू एभरेष्ट एकेडेमीलाई २–० गोलअन्तरले पराजित गर्यो । रुद्रेपिपलको जितको लागि खेलको १० औं मिनेटमा रमेश कामीले गोल गर्दै अग्रता दिलाएका थिएभने २३ औं मिनेटमा हरि थापाले गोल गर्दै जित सुनिश्चित गरे ।

दोस्रो खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले कालिगण्डकी बोर्डिङलाई ३–० गोलअन्तरले हराएको थियो ।खेलको १० औं मिनेटमा चिल्ड्रेनका कप्तान अविशेक श्रीपालीले प्रहार गरेको फ्रिकिक बल गोलबारमा लागेर रिबाउन भएपछि निश्चत महतले हेडिङ मार्फत पोष्टको दिशा दिदै टिमलाई अग्रता दिलाएका थिए ।

सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको चिल्ड्रेन लाईफको लागि १३ औं मिनेटमा प्रमेश सुवेदीले र दोस्रो हाफमा खेलको २८ औं मिनेटमा पवन छन्त्यालले गोल गर्दै टिमलाई क्वाटरफाइनलमा प्रवेश गराए ।यस्तै अन्तिम प्रि–क्वाटरफाइनलमा रेश नुन्थला माध्यमिक विद्यालयले आर्दश विद्यामन्दिरसँग २–० को सनसनीपूर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रेश नुन्थला माविको जितमा नायक बनेका कप्तान लविस कार्कीले खेलको ७ औं मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । कप्तान कार्कीले खेलको ३३ औं मिनेटमा गोल गर्दै टिमको जित पक्का गरेका थिए ।

आज (बिहीबार) पहिलो खेलमा अमर आदर्श बोर्डिङ र अमृत आदर्श बोर्डिङका विच हुनेछभने दोस्रो खेल सिदार्थ शिक्षा सदन र रुद्रेपिपल मावि विच र तेस्रो खेल चिल्ड्रेन लाईफ बोर्डिङ र रेश नुन्थला माविका विच हुने प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.