www.tandavnews.com
Fact ~ In search of truth

क्षयरोग उपचार केन्द्र पोखरामा कर्मचारीलाई बदनियतपूर्ण तवरले निकालेको आरोप

पोखरा
ताण्डव न्यूज ।

क्षयरोग उपचार केन्द्र पोखराका करारका कर्मचारीलाई बद्नियतपूर्ण तरिकाले निकालेको आरोप लागेको छ । जनशक्तीको अभाव भइरहँदा पनि करारका कर्मचारीलाई बदनियतपूर्ण तवरले निकालिएको भन्दै कर्मचारीले असन्तुष्टी व्यक्त गरेका छन् ।

उपचार केन्द्रमा ५ दरबन्दी करारमा एकैपटक राखिएका कर्मचारी मध्ये नियोजित रुपमा ३ महिला कर्मचारीलाई निकालिएका आरोप लागेको हो । २ बर्ष अघि एउटै समयमा दरबन्दी करारमा नियुक्ती लिएका चालक रेशम रोका र कार्यालय सहयोगी एकराज तिमिल्सिनालाई काममा बोलाइएपनि कार्यालय सहयोगी पवित्रा लामिछाने, सृजना परियार र ममता परियारलाई क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुण कुमार झाले बिना आधार दम्भ देखाउदै हटाएको उनीहरुको गुनासो छ ।

Batas

‘अरु करारका कर्मचारीलाई काममा बोलाइएको छ । हाम्रो म्याद थप भएन । जनशक्ति धेरै भएर पनि होइन । आवश्यकता हुँदाहुँदै पनि किन हटाइयो भन्ने जानकारी छैन । आफ्ना मान्छे राख्न नै यस्तो गरिएको हो । अरुलाई बोलाउने ३ जनालाई मात्रै नबोलाउने कुरा अस्वभाविक हो’ एक कर्मचारीले ताण्डव न्यूजलाई बताए ।

निमित्त निर्देशक झा ले करार अवधि सकिएका कर्मचारीको म्याद थप नगरिएको स्विकारे । ३ जना मात्रै नभई कुनै पनि करारको अवधि थप नगरिएको उनको दाबी छ ।

‘करारका कुनै पनि कर्मचारीको म्याद थपिएको छैन । एक जना एकराज भन्ने हुनुहुन्छ, उहाँले भलुन्टियर गर्छु भनेपछि आउनुस् भनेको हो’, उनले भने ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.