www.tandavnews.com
Fact ~ In search of truth

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत प्रस्तुति सुरु

काठमाडौँ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भइरहेको बताए।

हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दशवटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष भइरहेको छ ।

समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ ।समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने उपप्रमुख रिजालले जानकारी दिए।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.