www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकाले गर्‍यो विज्ञसँग छलफल

पोखरा।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शुक्रबार विज्ञहरुसँग छलफल गरेको छ । गाउँपालिकाका प्राकृतिक तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको पहिचान गरी तिनको सदुपयोग गर्ने तौरतरिकाहरुबारे विज्ञहरुसँग छलफल भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य डा जुद्ध गुरुङ र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ छलफलमा आएका थिए । उनीहरुले गाउँपालिकाको स्रोत पहिचान गरी समृद्धि बन्न सकिने सम्भावनाहरु औंल्याए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख राजकुमार गुरुङले पनि संरक्षण र विकासबारेमा आफ्ना धारणा राखे ।

आयोगका सदस्य जुद्धले आयोगका काम कर्तव्य र अधिकारबारे प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा आयोगले राजस्व लगायत स्रोतको बाँडफाँड केकसरी गर्छ भन्नेबारे जानकारी थियो । उपकुलपति डा जगमानले माछापुच्छ्रे हिमालको महत्वबारे प्रकाश पारेका थिए । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले माछापुच्छ्रेको समृद्धि र विकासका लागि सबैतिरको सरसहयोग लिएर अघि बढ्ने बताए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.