www.tandavnews.com
Fact ~ In search of truth

तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा

काठमाडौँ।
सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। हरितालिका तीज–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गरे।

उनले तीज पर्वलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सबैमा आग्रह गरेका छन्। विज्ञानको क्षेत्रमा भएका नयाँ नयाँ आविष्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको उल्लेख गर्दै सभामुख सापकोटाले विज्ञान र समाज विकासको नियमलाई आत्मसात् गर्दै पर्व मनाउन आग्रह गरे।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.