www.tandavnews.com
Fact ~ In search of truth

भूगोलविद् पराजुलीद्धारा कास्की क्षेत्र नं ३ ख मा आवेदन दर्ता

पाेखरा।
नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि आकांक्षा प्रस्तुत गरेका छन्। भूगोलविद्, योजना र सुशासन विज्ञ समेत रहेका पराजुलीले आफु उम्मेदवार वन्न योग्य रहेको दावी सहित आवेदन दर्ता गराएको प्रदेश सचिव ठाकुर वरालले जानकारी दिए। प्रदेशमा पराजुली सहित १३ जनाले प्रत्यक्षतर्फ उम्मेदवार वन्न आकांक्षा राखेका छन्।

“समयको माग हो, मेरो एजेन्डा प्रष्ट छ ।” पराजुलीले भने, “सुशासन र सदाचारका पक्षमा संसदमा सशक्त आवाज़ र कानुन निर्माण गर्न भूमिका खेल्ने, वित्तीय संघियता लागू गर्न पहल तथा पुस्तान्तरण सहितको राजनीतिक व्यवस्थापनका लागि प्रदेश सांसदमा दावी छ ।”

कांग्रेसमा लामो समयदेखि पुनर्जागरण र पुस्तान्तरणको मुद्दा उठाउंदै आएका पराजुलीले पुराना नेताहरूलाई अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल समेत गरे ।

Batas

“फेवाताल जलाधार क्षेत्रका नागरिकलाई वातावरणीय सेवाको भुक्तानी दिन नीति र कानुन वनाउन पहल गर्ने तथा अन्नपुर्ण संरक्षण क्षेत्र व्यवस्थापन र संरक्षणमा स्थानीयको सशक्त भूमिका र अधिकार स्थापित गर्न आवश्यक सहजीकरण गर्ने मेरो थप एजेन्डा हो ।” उम्मेदवार आकांक्षी पराजुलीले भने ।

भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय पराजुलीले प्रदेशको दिगो विकास, सुसासन तथा सदाचारीता र स्थायित्वका लागि आफ्नो दावी रहेको वताए।

“म संसद विकास कोष वनाएर पैसा वाड्ने कुराको विपक्षमा छु, म पुल, सड़क वनाउन संसद जाने होईन गरिव, असहाय, महिला, जनजाती र दलित समुदायको हक़ र अधिकार स्थापित गराउने खालका कानुन वनाउने पक्षमा सदैव वकालत गर्छु ।” पराजुलीले भने ।

आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको प्रदेश सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्द प्रदेश निर्माण गर्न सकिन्न, पराजुलीले भने अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत सहित चुनावमा जान तयार रहेको वताए।

जनताको काखदेखि दुख, पीर, मर्का झेल्दै आएको निष्ठावान, कर्मशील, क्षमतावान पुस्तावाट अबको चुनावमा उम्मेदवार वन्नपर्छ भन्ने जोड पनि आफ्नो रहेको पराजुलीको दावी छ । नवीन चिन्तन र विचार सहितको म र मेरो पुस्ता अर्थात् क्षमतावान, इमान्दार, योग्य र सदाचारी युवाको सशक्त उपस्थिति आगामी संसदीय चुनावमा हुन जरुरी रहेको उम्मेदवार आकांक्षा पराजुलीले भए।

त्रिभूवन विश्वविद्यालयवाट भूगोल र आमसंचारमा एमए गरेका पराजुलीलाई २०६८ सालमा भूगोल विषय टपर भएर पृथ्वीनारायण क्याम्पसले सम्मान समेत गरेको थियो । हाल प्रदेश अधिवेशन प्रतिनिधि समेत रहेका पराजुली ने,वि, संघ कास्कीका पुर्व सचिव समेत हुन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.